पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद
नवलपरासी । सशस्त्र प्रहरी बल, नेपालले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स तथा विद्युतीय सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार हिजो राति करिब ११ः५५ बजे अवैध सामान झाडीमा लुकाएर राखिएको विशेष सूचनाका आधारमा सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा टोली परिचालन गरिएको थियो ।
टोलीले खोजतलास गर्दा करिब ८० लाख ३० हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स तथा विद्युतीय सामग्री फेला पारेको हो । बरामद सामग्रीमा मोबाइल ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायतका सामान रहेका छन् ।
बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद सामग्रीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
ताजा अपडेट
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद
-
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
-
संविधान दिवस मनाइँदै


प्रतिक्रिया