आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।
बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
देशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
ताजा अपडेट
-
सामसङ नेपालको दशैं तिहार अफर : टिभी तथा होम अप्लायन्स किन्दा क्यासब्याक र उपहार
-
आइतबार सुन तोलामा २ हजार १ सय बढ्यो
-
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
-
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
-
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो, ५ हजार ८७५ अझै बेपत्ता


प्रतिक्रिया