च्यासलमा एमालेको सचिवालय बैठक सुरु
काठमाडौं।नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन्। हिजो बसेको सचिवालय बैठकको निरन्तरताका रूपमा आज पनि बैठक बसेको एमालेले जनाएको छ।
आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठक आज पुनः बसेको हो। बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ।
एमाले केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भैंसेपाटीस्थित रामवाग पार्टी प्यालेसमा बस्ने कार्यक्रम छ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा सबै केन्द्रीय कमिटी सदस्यलाई आफ्ना धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेले गरेको छ।


प्रतिक्रिया