राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनी चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिका गएका हुन्।
प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ।
महासभामा सहभागी हुन यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेको छ।
ताजा अपडेट
-
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
-
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
-
प्रधानमन्त्री बालेनले मेलेसियाका समकक्षी इब्राहिमलाई भने- “हामीलाई रोजगारीका क्षेत्रमा सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन”
-
विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


प्रतिक्रिया