एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना
काठमाडौं । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरवारक्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे छ । यस कार्यक्रमले इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएकाे छ ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गरिएको थियो।
इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिकविविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले विभिन्न सांस्कृतिक गतिविधिमार्फत उत्सवको रौनक बढाएका छन्। कार्यक्रममा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा जोड दिइएको थियो।
एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ।
ताजा अपडेट
-
डोल्पामा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित
-
एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना
-
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
-
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
-
महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री बालेन


प्रतिक्रिया