बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने
लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले आज बेलुका ७ बजेदेखि असोज १२ गते बिहान ६ बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो । साथै, उनले विपद् पूर्वतयारीमा जिल्ला प्रशासन जुटेको बताए ।
ताजा अपडेट
-
सुनको मूल्यमा गिरावट, तोलामा ३ लाखभन्दा कममा कारोबार
-
बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने
-
डोल्पामा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित
-
एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना
-
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने


प्रतिक्रिया