देशभर मनसुनजन्य विपदका ६ सय ५० वटा जोखियुक्त ठाउँ पहिचान
काठमाडौँ । सशस्त्र प्रहरी बलले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखियुक्त ठाउँमा ११ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरेको जनाएको छ ।
सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयमा ल्याउनुकासाथै थप जनशक्ति र उद्धार सामग्रीहरूको प्रभावकारी व्यवस्थापन समेत गरेको छ ।
जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १ सय ३३ जना गोताखोर, २ सय २४ जना रोप रेस्क्यु लगायत उच्च भू–भाग खोज तथा उद्वार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु प्रत्यक्ष रूपमा खटिएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसका अतिरिक्त डुवानमा परेकाहरुको उद्धारको लागि १ सय ३ वटा र्याफ्ट बोट, ५८ वटा मोटर बोट समेत तयारी अवस्थामा राखिएको हो । खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनहरू एयरमार्क गरी परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।
विपद्बाट सडक अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्युका लागि विपद् जोखिमयुक्त नदी करिडोरहरू र प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्साभेटर जस्ता हेभी इक्यूपमेन्टहरू तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशुली, नारायणी, बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते, नख्खु लगायत खोलाहरुमा आवश्यक उद्धार सामाग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी हालतमा राखिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले र्याफ्ट एशोसिएसन सँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०÷१० वटा र्याफ्ट बोटहरू तयारी अवस्थामा राखिएकोे छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा आवश्यकता अनुसार तत्काल अन्य थप जनशक्ति समेत परिचालन गर्ने गरी रणनीति तयार गरिएको छ ।
भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटिय क्षेत्रहरुमा बसोवास गर्ने वासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन माईकिङ् गर्नुकासाथै सडक मार्गहरूमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण नागरिकहरूलाई विशेष अनुरोध समेत गरेको छ ।
ताजा अपडेट
-
hello world
-
सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
-
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
-
पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा धादिङ प्रशासनले लगायो रोक
-
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट
-
‘यो दसैँमा सरापबाट मलाई बचाइदिनुपर्यो सरकार’


प्रतिक्रिया