NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ८ गते

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन्।

ललितपुरको भनिमण्डलस्थित एक ब्याङ्क्वेटमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव राखेका हुन्। बैठक चार दिनदेखि जारी छ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन्। उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

राष्ट्रपति पदमा रहँदा भण्डारी पार्टीको सक्रिय जिम्मेवारीबाट अलग रहेकी थिइन्। राष्ट्रपति पदबाट अवकाश पाएपछि भने उनको एमालेको सक्रिय राजनीतिमा पुनरागमनबारे चर्चा हुँदै आएको थियो।

यसैबीच, अध्यक्ष ओलीले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव बैठकमा राखेका हुन्। प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष