बालेन र गुटेरेसबीच भेटवार्ता, भोटेकोशी विपद् र जलवायु मुद्दामा छलफल
न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) गुटेरेससँग भेटवार्ता गरेका हुन्।
भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरे।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य जोखिम न्यूनीकरणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक सहयोग र समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
ताजा अपडेट
-
hello world
-
बालेन र गुटेरेसबीच भेटवार्ता, भोटेकोशी विपद् र जलवायु मुद्दामा छलफल
-
Understanding Slot RTP Guidelines: A Comprehensive Overview to Return to Player Values
-
Learning about Various Crash Gaming Formats and Its Special Gameplay Mechanics
-
I migliori casino non AAMS per giocare su internet in sicurezza e libertà
-
Link Factory verification


प्रतिक्रिया