नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि १५ समिति गठन
काठमाडौं – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउने उद्देश्यले केन्द्रीय निर्देशन समितिसहित १५ वटा विभिन्न समितिहरू गठन गरेको छ। भदौ १ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार महाधिवेशनको प्रक्रियालाई सुचारु गर्न र आवश्यक व्यवस्थापनका लागि अन्य समितिहरू गठन गरिएको हो।
केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति थापा रहेका छन्। उक्त समितिमा उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहेका छन्। समितिको सदस्य-सचिवमा मुख्य राजनीतिक सल्लाहकार प्रताप पौडेललाई तोकिएको छ।
विभिन्न व्यवस्थापकीय जिम्मेवारीका लागि अन्य समितिहरू पनि गठन भएका छन्। कोषाध्यक्ष उमेश श्रेष्ठलाई आर्थिक व्यवस्थापन समितिको संयोजक र प्रवक्ता देवराज चालिसेलाई सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकको जिम्मेवारी दिइएको छ। त्यसैगरी, उदयशमशेर राणाले सचिवालय व्यवस्थापन तथा सूचना समन्वय र डा. डिला संग्रौला पन्तले अतिथि स्वागत समितिको नेतृत्व गर्नेछन्।
अन्य समितिहरूमा काठमाडौं जिल्ला सभापतिलाई समारोहस्थल व्यवस्थापन, सहमहामन्त्री बहादुरसिंह लामालाई प्रदेश र स्थानीय तहगत समन्वय, सुधीर शिवाकोटीलाई ज्येष्ठ प्रतिनिधि समन्वय, गणेश लामालाई स्वयंसेवक व्यवस्थापन, तिलक रानाभाटलाई भोजन व्यवस्थापन र रमेशप्रसाद धमलालाई आवास व्यवस्थापन समितिको संयोजक तोकिएको छ।
त्यस्तै, स्वास्थ्य समितिको संयोजकमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर र सांस्कृतिक-साहित्यिक संयोजनमा सीता गुरुङ रहेका छन्। यसबाहेक, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार तोकिएको कार्यविवरण अनुसार काम गर्न सबै समितिलाई निर्देशन दिइएको छ।
ताजा अपडेट
-
hello world
-
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि १५ समिति गठन
-
नेपाल र रुवान्डाबीच ‘जेनेरल काेअपरेसन अग्रिमेट’ मा हस्ताक्षर
-
भारी वर्षाको जोखिमका आधारमा विभिन्न जिल्लामा सवारी आवागमन बन्द गरिने
-
Come selezionare casino online non AAMS sicuri e affidabili per divertirsi
-
Casino Online Non Certificati AAMS: Le Opzioni Migliori per Italiani che Giocano nel 2024


प्रतिक्रिया