NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १० गते

नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार

पश्चिम नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्तास्थित थारुटोलामा डुबान भएको छ।

डुबानमा परेका २५ जना स्थानीयवासीसहित पशु चौपायाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी सोही स्थानमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको हो।

अविरल वर्षाका कारण नारायणी नदीको जलस्तर बढेपछि थारुटोलामा पानी पसेको बताइएको छ। उद्धारपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष