NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १४ गते

मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – देशभर आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।

देशका तराई भू–भागमा राति मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष