सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एक दिनमै सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्यमा ३० रुपैयाँ वृद्धि भएको हो।


प्रतिक्रिया