सुनको भाउ फेरि उकालो
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि लगातार दुई कारोबार दिन सुनको मूल्य घटेको थियो। तर, आज भने बजारमा सुनको मूल्य पुनः उकालो लागेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया