बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
म्याग्दी । असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन् ।
एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा परेका छन् ।
बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन् । मंगला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रजिअ आचार्यले बताए ।
यसैगरी, रघुगंगा गाउँपालिकामा छ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन् । मालिका गाउँपालिकामा तीन घरमा पूर्ण, एकमा आंशिक क्षति र तीन घर जोखिममा परेका छन् । धवलागिरि गाउँपालिकामा चार घरमा पूर्ण, सातमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन् । ५६ गोठ भत्किएर, पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । विस्थापितहरूलाई सडक यातायात अवरुद्ध भएकाले बेनीदेखि हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।
अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक/एक जना बेपत्ता भएका छन् । पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि, पशुपक्षीलगायत क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको छ । पूर्ण विवरण संकलन हुँदासम्म क्षतिको सङ्ख्या बढ्ने प्रशासनको भनाइ छ ।
ताजा अपडेट
-
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
-
रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
-
कांग्रेस केन्द्रीय समिति बैठकबाट नेतृत्वदेखि विधान संशोधनसम्मका प्रस्ताव पारित
-
उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँः प्रधानमन्त्री
-
कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल


प्रतिक्रिया