NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २० गते

आजदेखि प्रस्तावित १३ राजदूतको सुनुवाइ

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समितिमा आजदेखि प्रस्तावित १३ राजदूतको सुनुवाइ सुरु हुँदैछ।

संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिने छ। प्रस्तावित १३ जना राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेको छ।

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरव शमशेर जबरा,  जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णको नाम सिफारिस गरेको थियो।

यस्तै, स्पेनको राजूतमा प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष