कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनको समय दुई घण्टा थप
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म पुर्याएको जनाएको हो।
समितिका अनुसार अब महाधिवेशन प्रतिनिधिहरूले मंगलबार साँझ ६ बजेसम्म केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयनपत्र दाखिला गर्न सक्नेछन्।
निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।
ताजा अपडेट
-
असोज २३ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
-
१३ प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म
-
कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनको समय दुई घण्टा थप
-
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
-
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी


प्रतिक्रिया