NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २० गते

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पुष्पा भुसाल महिला उपसभापति पदमा निर्विरोध निर्वाचित भएकी छन्।

महिला उपसभापतिका लागि भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन प्रक्रियाअनुसार अन्य कुनै उम्मेदवारले सो पदमा उम्मेदवारी नदिएपछि भुसालको निर्विरोध चयन भएको हो ।

भुसाल यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित भएकी थिइन् ।