कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
बारा । निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादमा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको घरमै चिकित्सक बोलाएर उपचार गरिएको थियो । खाना खाएर सुतेकी उनलाई बिहान ४ बजे श्रीमान्ले उठाउन खोज्दा नउठेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ ।
घटनामा संलग्न विजयलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
ताजा अपडेट
-
कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
-
सरकारी कार्यालयको विद्युत् महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने
-
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले कारण सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन
-
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
-
शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ जनालाई अनुमति


प्रतिक्रिया