NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २३ गते

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट बर्खास्त

काठमाडौ-  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको छ। गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार दाहालमाथि विभागीय कारबाहीस्वरूप सो निर्णय लिइएको हो। उनीमाथि आचरणसम्बन्धी नियमको पटक-पटक उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार र कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको आरोप लगाइएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाउने विभागीय कारबाहीबारे औपचारिक जानकारी गराइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष