पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र पारिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको खण्डमा स्थानीय तहसँग समन्वय गरी ब्याक कटिङमार्फत सडक खुलाउने काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत तथा अवरोध हटाउने कार्य अघि बढाइएको हो।
यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध भएका बीपी राजमार्ग र कान्ति राजमार्गको अवरोध हटाइएको छ। अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।
ताजा अपडेट
-
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
-
काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्यो समयतालिका
-
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
-
कांग्रेस सभापतिमा गगन थापा विजयी
-
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश


प्रतिक्रिया