NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २७ गते

दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु

काठमाडौँ। बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल पुनः सञ्चालनमा ल्याउन सरकारले तीव्रता दिएको छ। दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित बेलिब्रिज जडानको काम अघि बढाइएको हो।

बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर आरसीसी भाग बगाएको थियो। पुलको ट्रस संरचना भने बाँकी रहेकाले त्यसैमा बेलिब्रिज जडान गरेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे प्राविधिक मूल्यांकन गरिएको थियो।

प्राविधिक मूल्यांकनपछि बेलिब्रिज जडान गरेर पुल सञ्चालनमा ल्याउने तयारी थालिएको हो। सरकारले दसैँअघि नै पुल पुनः सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष