कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) तर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडाले फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । शिवाकोटी दोस्रो हुँदै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
उनीहरूलाई पछ्याइरहेका डिल्लीराम सुवेदी भने केही मतान्तरले पराजित भएका छन् । यस पदमा प्रतिस्पर्धामा रहेका देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री पनि विजयी हुन सकेनन् ।
यद्यपि, निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि सहमहामन्त्रीतर्फ पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसकेका छन् ।
कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशनबाट ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
ताजा अपडेट
-
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?
-
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
-
डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई उद्योगीको आग्रह
-
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
-
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी


प्रतिक्रिया