NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३० गते

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार यस वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोकिएको छ।
सरकारले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ को आधारमा यो मूल्य तय गरेको हो। गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ थियो। यस वर्ष सरकारले गहुँको मूल्यमा प्रतिक्विन्टल १६२ रुपैयाँले वृद्धि गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष