NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ३ गते

ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता

काठमाडौं-आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ।
अल अमिरात मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। यो जितसँगै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सुरक्षित गरेको छ। नेपालले ३६ खेलबाट ३० अंक जोड्दै अंकतालिकाको छैटौँ स्थान सुरक्षित गरेको छ।
यस नतिजासँगै नेपालले क्यानडालाई पछि पारेको छ। आईसीसीले आफ्नो फेसबुक पेजमार्फत नेपालको विश्वकप छनोट प्लेअफ खेल्ने बाटो खुला भएको जानकारी दिएको छ। नेपालको जितमा रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

ताजा अपडेट

नेपालवाच विशेष