एनपीएलमा आज ‘म्याच डे ब्रेक’: भोलि शनिबार दुई रोमाञ्चक भिडन्त हुँदै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल तालिका राखिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले आजका लागि प्रतियोगितामा विश्राम (ब्रेक) को दिन तय गरेको हो।
भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्। शनिबारको पहिलो प्रतिस्पर्धामा बिहान १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
यसै गरी, शनिबार नै हुने दोस्रो खेलमा साँझ ५:०० बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच कडा प्रतिस्पर्धा हुनेछ।
ताजा अपडेट
-
नेपालका थप छ चुचुरालाई आठ हजार मिटर अग्ला छुट्टाछुट्टै हिमालको मान्यता दिन माग
-
भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको संख्या पाँच पुग्यो, ५७ हजार विस्थापित
-
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
-
अर्नब चक्रवातको प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
-
एनपीएलमा आज ‘म्याच डे ब्रेक’: भोलि शनिबार दुई रोमाञ्चक भिडन्त हुँदै


प्रतिक्रिया