NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १६ गते

बाढीपहिरोले पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं: अविरल वर्षाका कारण आएको बाढी र पहिरोले आइतबार पनि देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार पाँचवटा सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने चारवटा सडकमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्। शुक्रबार र शनिबारदेखि परेको वर्षाले सडक सञ्जालमा ठूलो असर पुर्‍याएको छ।

राजधानी काठमाडौँ जोड्ने प्रमुख सडकहरू बीपी राजमार्ग र कान्ति लोकपथ शनिबार बिहानैदेखि अवरुद्ध छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका-९ पिन्थलीमा लेदोसहितको पहिरो खसेको छ। यस्तै, ललितपुरको बागमती गाउँपालिका-३ को पान्दु र टार्कुचेमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। यसबाहेक गोरखा र खोटाङका राजमार्गहरू पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। यसैगरी, मुस्ताङको जोमसोम-कोरला सडक, पाल्पाको कालीगण्डकी करिडोर र सुर्खेतको कर्णाली राजमार्गमा पहिरो खस्दा सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष