NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १६ गते

सुनको मूल्यमा भारी गिरावट, एकैदिन आठ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।

यससँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष