सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २६५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनचाँदी दुवैको मूल्यमा भएको यो वृद्धिले स्थानीय बजारमा मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ।


प्रतिक्रिया