त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले ‘लाइभ फिड’ सेवा सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको आगमन कक्षमा रहेको लगेज संकलन क्षेत्रमा यो सेवा कार्यान्वयनमा ल्याइएको हो।
यो सेवा सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुहरूले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाले ‘ब्यागेज ड्रप’ क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षबाटै देख्न सकिने भएकाले यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास मन्त्रालयले लिएको छ। यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासस्वरूप यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
ताजा अपडेट
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
-
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
-
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु
-
एनपीएलमा आज सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै
-
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन


प्रतिक्रिया