NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २५ गते

एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम आमनेसामने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ।

सुदूरपश्चिम रोयल्स आजको खेलमा जित निकाल्दै आफ्नो लय कायम राख्ने लक्ष्यमा छ। हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिम तीन खेलमा जित र दुई खेलमा हारसहित छ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। प्लेअफको सम्भावना बलियो बनाउनका लागि सुदूरपश्चिम आजको खेल जित्नैपर्ने दबाबमा छ।

यता, जनकपुर बोल्ट्स पनि जितसहित प्रतियोगितामा पुनरागमन गर्ने योजनामा छ। पाँच खेल खेलेको जनकपुर दुई जित र तीन हारसहित चार अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ भने एनपिएल-३ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष