NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १ गते

नेपाल आयल निगमको घाटा १ अर्ब ६२ करोड, मूल्य यथावत

काठमाडौं-नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले हालको अवस्थामा १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिए पनि मूल्य नबढाउने जानकारी दिएको हो।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै सञ्चालक समितिले साविककै मूल्य कायम राख्ने निर्णय गरेको छ।

निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ। सोही कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न नसकिएको निगमले स्पष्ट पारेको छ। हाल काठमाडौंमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष