NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ६ गते

एनपीएल फाइनल : आज लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ।

लगातार दोस्रो पटक फाइनलमा पुगेको लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा छ। लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले यस प्रतियोगितामा सुदूरपश्चिमलाई दुई पटक पराजित गरिसकेको छ। पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। डार्सी सर्टले ब्याटिङ र बलिङ दुवैमा योगदान दिँदै १४८ रन र ५ विकेट लिएका छन् भने शेर मल्लले ९ विकेट लिएर बलिङ विभाग सम्हालेका छन्।

यता, सुदूरपश्चिम रोयल्स पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ। टोलीले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। प्रतियोगितामा कप्तान दीपेन्द्रसिंह ऐरीले २१७ रन बनाउनुका साथै ६ विकेट लिएका छन्। बलिङतर्फ अनिल खरेलले १० विकेट लिएका छन्। सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो। टोली यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रोमा लुम्बिनीसँग पराजित भएको थियो।

लिग चरणको नतिजा र हालसम्मको प्रदर्शनका आधारमा लुम्बिनी बलियो देखिए पनि सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा देखाएको पुनरागमनले खेल थप रोचक हुने अनुमान गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष