कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक
दमौली– चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।
बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।
उनले दैनिक तीन/चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताए । उनका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् ।
स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ ।
त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान
-
सुन र चाँदीको मूल्य घट्यो
-
४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, ‘नेपाल–जापान फेस्टिभल २०२६’ को अन्तिम तयारी पूरा
-
कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक
-
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिँदै

प्रतिक्रिया