NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ११ गते

कृषि मन्त्री चौधरीद्वारा मासु भण्डारण केन्द्रको अनुगमन

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलामा रहेका मासु भण्डारण केन्द्रहरूको आज अनुगमन गरेकी छन्।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था बुझ्न उनले ती केन्द्रहरूको निरीक्षण गरेकी हुन्। उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा आएको छ।
अनुगमनका क्रममा मन्त्री चौधरीले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाका मापदण्डहरूको पालना भए-नभएको बारेमा जानकारी लिएकी थिइन्। उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र तोकिएका मापदण्डहरूको पालना हुनुपर्नेमा उनले जोड दिएकी छन्।

ताजा अपडेट

नेपालवाच विशेष