केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
ताजा अपडेट
-
भोलिदेखि नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
-
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छापिँदै
-
सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
-
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
-
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

प्रतिक्रिया