बालुवाटारमा सत्ता गठबन्धनको बैठक, के–के विषयमा भयो छलफल ?
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तथा सिट बाँटफाँटको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ ।
पुस १४ मा बसेको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनको संयोजक तोकेको थियो । ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा अन्य दलबाट सदस्य नियुक्त हुन बाँकी छ ।
सोही बैठकमा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीसहित बुधबार अपरान्ह बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा काक्रयम, समसामयीक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू उपस्थित रहेका छन् ।
पुस १० मा एमाले लगायत सात दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुस २६ मा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया