राष्ट्रिय सभाको उपनिर्वाचन २५ माघमा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बिहीबार बसेको बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
५९ सदस्यीय राष्ट्रय सभामा एमालेबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट खालि रहेको छ । घट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गत मंसिरमा पदबाट राजनीतिमा दिएका थिए ।
संविधान अनुसार पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षले मतदान गर्न पाउँछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया