लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २७ पुस दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले लुम्बिनी जनाएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग सरकार गठनका लागि पर्याप्त बहुमत अर्थात् ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया