स्ववियुको निर्वाचन चैत ५ गते गर्न प्रस्ताव
काठमाडौं । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो ।
बिहीबार बसेको परिषद्को बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए । परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको निर्णय गर्ने व्यवस्था छ ।
त्रिवि कार्यकारी परिषद्को बैठक शुक्रबारका लागि बोलाइएको छ । भोलिको बैठकबाटै परिषद्ले ५ चैतमा स्ववियु चुनाव गर्न गरेको सिफारिस अनुमोदन हुनेछ । कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया