स्ववियुको निर्वाचन चैत ५ गते गर्न प्रस्ताव
काठमाडौं । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो ।
बिहीबार बसेको परिषद्को बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए । परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको निर्णय गर्ने व्यवस्था छ ।
त्रिवि कार्यकारी परिषद्को बैठक शुक्रबारका लागि बोलाइएको छ । भोलिको बैठकबाटै परिषद्ले ५ चैतमा स्ववियु चुनाव गर्न गरेको सिफारिस अनुमोदन हुनेछ । कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया