दुर्घटनामा वडा सदस्यको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । गैँडाकोटमा भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गैँडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो ।
सो दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी ६० वर्षीय वासुदेव थापाको निधन भएको गिरीले जानकारी दिए । थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य भएको खुल्न आएको प्रहरी प्रवक्ता गिरीले बताए । दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया