दुर्घटनामा वडा सदस्यको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । गैँडाकोटमा भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गैँडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो ।
सो दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी ६० वर्षीय वासुदेव थापाको निधन भएको गिरीले जानकारी दिए । थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य भएको खुल्न आएको प्रहरी प्रवक्ता गिरीले बताए । दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया