तीन डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागिरहेको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया