समाजवादीका प्रवक्ताले भेटे प्रधानमन्त्री
काठमाडौं । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर खतिवडाले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
दुईबीच झण्डै आधा घण्टा छलफल भए पनि यसबारे विस्तृत केही बताइएको छैन । सरकारमा सहभागिता, प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतबारे छलफल भएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी पनि आफू नेतृत्वको सरकारमा सामेल होस् भन्ने चाहेका छन् । तर आफूहरूसँग छलफल नगरी गठबन्धन तोडेर एमालेलगायत दलसँगको समर्थनमा प्रधानमन्त्री बन्न गएको भन्दै समाजवादीले प्रचण्डसँग चित्त दुखाएका छन् ।
समाजवादीबाट प्रचण्डले साथ खोजे पनि उसले सरकारमा समर्थन हुने मनस्थिति बनाएको छैन । भर्खरै सम्पन्न समाजवादीको बैठकले पनि सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया