समाजवादीका प्रवक्ताले भेटे प्रधानमन्त्री
काठमाडौं । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर खतिवडाले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
दुईबीच झण्डै आधा घण्टा छलफल भए पनि यसबारे विस्तृत केही बताइएको छैन । सरकारमा सहभागिता, प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतबारे छलफल भएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी पनि आफू नेतृत्वको सरकारमा सामेल होस् भन्ने चाहेका छन् । तर आफूहरूसँग छलफल नगरी गठबन्धन तोडेर एमालेलगायत दलसँगको समर्थनमा प्रधानमन्त्री बन्न गएको भन्दै समाजवादीले प्रचण्डसँग चित्त दुखाएका छन् ।
समाजवादीबाट प्रचण्डले साथ खोजे पनि उसले सरकारमा समर्थन हुने मनस्थिति बनाएको छैन । भर्खरै सम्पन्न समाजवादीको बैठकले पनि सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया