अमेरिकालाई ‘सबैभन्दा धेरै क्षति’ गर्ने क्युबाली जासुस रिहा
काठमाडौं । अमेरिकाले क्युबाली जासूस एना मोटेन्सलाई २० वर्षको कारावास सजायपछि रिहा गरिदिएको छ ।
एना शीतयुद्धको दौरान पक्राउ पर्ने सबैभन्दा उत्कृष्ट जासुस मानिन्छिन्।
६५ वर्षीया आना मोन्टेसले करिब दुई दशक क्युवाको जासुका रूपमा काम गरेकी थिइन् । उनले अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा पनि भूमिका निर्वाह गरिन् ।
सन् २००१ मा आना गिरफ्तार भएपछि अधिकारीहरूले आनाले अमेरिकाको सम्पूर्ण खुफिया गतिविधि खुलासा गरिदिएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको नेतृत्वमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल भान क्लीभले सन् २०१२ मा कंग्रेसलाई एना मोन्टेसले क्युबाको बारेमा अमेरिकालाई थाहा भएको सबै कुरा ह्याक गरेको बताएकी थिइन् ।
एनाको गिरफ्तारीपछि उनीमाथि चार अमेरिकी जासुसको पहिचान खुलाएको र गोप्य जानकारी दिएको आरोप लगाइएको थियो।
सिंगो देशलाई खतरामा पारेको भन्दै न्यायाधीशले उनलाई २५ वर्षको कारावास सजाय सुनाएका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया