६ वर्षीय बालकले प्रहार गरे शिक्षिकामाथि गोली
६ वर्षीय बालकद्वारा आफ्नै शिक्षिकामाथि गोली प्रहार ! झट्ट सुन्दा यो खबर अपत्यारिलो र अनौठो लाग्न सक्छ । तर बन्दुकको त्रासमा गुज्रिरहेको अमेरिकाको भर्जिनियामा एक बालकले आफ्नै शिक्षिकामाथि गोली प्रहार गरेका छन् । घटनापछि बालक प्रहरी नियन्त्रणमा छन् ।
भर्जिनियाको रिचनेक स्कुलमा अध्ययरत बालकले शुक्रबार दिउँसो आफ्नै शिक्षिकामाथि यसरी गोली प्रहार गरेका हुन् ।
अमेरिकामा बन्दुक आक्रमणका घटना सामान्य हुन् । तर यो उमेर समूहका बालकले नै बन्दुक दुरूपयोग गरेको घटना भने सम्भवतः पहिलो हो ।
घटनामा अन्य विद्यार्थी भने सहभागी नभएको सिएनएनले लेखेको छ । अनौठो प्रकृतिको गम्भीर घटनापछि प्रहरीहरू यसको कारण पहिल्याउन अनुसन्धानमा सक्रिय छन् ।
घटनाको कारण
अमेरिकामा सर्वसाधारणले बन्दुक राख्न पाउने लचिलो कानून छ । जनतालाई सहुलियत दिएर बनाइएको यो कानून पछिल्लो समय विश्वकै सम्पन्न र वैभवशाली मुलुकका लागि टाउको दुखाइको विषय बनेको छ । बन्दुक राख्न पाउने अधिकार नागरिकले दुरूपयोग गर्दा यहाँ सयौंको जीवन समाप्त भइसकेको छ । त्यसैले पछिल्लो समय यहाँ बन्दुक राख्ने कानून हटाउनुपर्ने माग जोडदार ढंगले उठ्दै आएको छ । तथापि, यसले आकार भने लिइसकेको छैन ।
बन्दुकले तहसनहस पारिरहेका बेला शुक्रबारको घटनाले अझ संवेदनशील बनाएको छ । किनभने, यसअघिका घटनाभन्दा यो फरक छ । अरुको सहारा आवश्यक पर्ने, चेतना नआइसकेका ६ वर्षीय बालक नै यसमा संलग्न छन् ।
६ वर्षीय बालक बन्दुक आक्रमणमा संलग्न भएको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको छ । घटना दुर्घटनावश नभई नियतवश नै घटेको खुले पनि थप कारण पत्ता लाग्न बाँकी छ ।
समाचारहरूमा जनाइएअनुसार, ती बालक र शिक्षिकाबीच केही दिनअघि झगडा परेको थियो । त्यसैले त्यसकै प्रतिशोध साँध्न बालकले आक्रमण गरेको ठानिएको छ ।
‘यदि ती बालकले प्रतिशोध साँध्न यस्तो गरेका हुन् भने यो अझै गम्भीर कुरा भयो,’ घटनापछि एक प्रहरी अधिकारीले भनेका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया