टी २० सिरिज भारतको पोल्टामा
काठमाडौं ।भारतले तेस्रो टी–२० खेलमा श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले श्रीलंकालाई ९१ रनले पछि पार्दै सिरिज पोल्टामा पारेको हो ।
भारतको यो जितमा सूर्यकुमार यादव नायक बने । उनले खेलको दौरान अविजित ११२ रन जोडे ।
पहिले ब्याटिङ गरेको भारतले समग्रमा पाँच विकेटको क्षतिमा २२८ रन बनाउँदा श्रीलंका १७ ओभरमा १३७ रनमा अलआउट भयो ।
यो जितमा सूर्यकुमारले केही कीर्तिमान समेत बनाए । उनले ९ छक्का र सात चौकाको मद्दतमा ११२ रन बनाए । टी–ट्वान्टी क्रिकेटमा उनको यो तेस्रो शतक हो । भारतका लागि शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया