नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा
काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो ।
यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो । लुम्बिीनीका लागि ब्याटिङ गर्ने क्रममा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले १७ , लाहिरु मिलान्थाले १६ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १० रन बनाए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कार्मीले दुई/दुई तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले एक/एक विकेट लिए ।
यसैगरी एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै पवन शर्राफले अविजित ३०, शारफुद्धिन असरफले २४, राजेश पुलामीले १३ र ट्राभोन ग्रिफिथले १० रन बनाए । बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई/दुई तथा श्याड्ली भानले एक विकेट लिए । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया