सुनको मूल्य एक लाख चार हजार नजिक

काठमाडौं । साताको पहिलो दिन तोलामा एक हजार रूपैयाँले उकालो लागेको सुनको मूल्य सोमबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलामा एक लाख २ हजार ८ सय रूपैयाँ कायम भएको तेजाबी सुन आज प्रतितोला एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया