सुनको मूल्य एक लाख चार हजार नजिक
काठमाडौं । साताको पहिलो दिन तोलामा एक हजार रूपैयाँले उकालो लागेको सुनको मूल्य सोमबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रूपैयाँ बढेर एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलामा एक लाख २ हजार ८ सय रूपैयाँ कायम भएको तेजाबी सुन आज प्रतितोला एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया