एक भए चार कम्युनिस्ट पार्टी
काठमाडौं । चार साना वाम दलबीच एकीकरण भएको छ । वृहत् वाम एकताका लागि माओवादी केन्द्रले प्रयास थालिरहेका बेला राष्ट्रिय जनसरोकार केन्द्र, नेपाल, नेकपा (मालेमा केन्द्र), राष्ट्रिय जनअधिकार पार्टी नेपाल र राष्ट्रिय समाजवादी पार्टी एक भएका हुन् ।
एकीकृत पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट लिग, नेपाल दिइएको छ ।
माओ जयन्तीका अवसर पारेर गठित क्रान्तिकारी कम्युनिस्ट लिग, नेपालको एकता राष्ट्रिय भेला सम्पन्न भएको छ । जसले महासचिव, प्रवक्ता, १७ केन्द्रीय सदस्यीय पोलिटब्युरोसहित ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
महासचिवको जिम्मेवारी सर्वजीत शर्माले पाएका छन् । सिबी लामाले प्रवक्ताको जिम्मेवारी पाउँदा राजन तिमिल्सिना, नाम्गेल मोत्तःा, केबी भट्टराई, पुरुषोत्तम अधिकारी, बिबी मगर, तेजनारायण घतानेलगायत पोलिटब्युरो सदस्यमा चयन भएका छन् ।
नवगठित पार्टीको दुई दिने केन्द्रीय समिति बैठकसमेत सम्पन्न भएको छ । बैठकले विभिन्न १५ विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ । महासचिव शर्माले एक विज्ञप्ति जारी गर्दै बैठकले ऐतिहासिक र महत्त्वपूर्ण निर्णयहरूसहित इतिहासले सुम्पेको महान् जिम्मेवारी बोधसहित अग्रमोर्चामा डट्ने प्रतिबद्धता जाहेर गरेको उल्लेख गरेका छन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया