सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छ : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्मा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहमा विगत झैँ दृढताका साथ उभिने बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन, सबैको विचारभन्दा माथि देश छ, देशभन्दा माथि नागरिक छन्, त्यसैले देशलाई शिरमा राखेर मुलुकका यावत् समस्यालाई सामूहिकरुपमा समाधान गर्ने दिशातर्फ अग्रसर हुनसक्नुपर्छ ।’
अध्यक्ष लिङ्देनले संसद्मा पार्टीको अपेक्षित सङ्ख्या नभए पनि जनमतको सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । सबै राजनीतिक दल मिलेर देशको समस्या समाधान गर्ने जनादेश रहेको भन्दै उहाँले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने बताए ।
‘जनताले कुनै एउटै राजनीतिक दलमाथि विश्वास गर्न सकेनन् र अहिलेको जनमतले पनि त्यही भनेको छ । सबै राजनीतिक दल मिलेर मात्रै देशको समस्याको निकास गर्न सकिन्छ भन्ने जनादेश छ’, अध्यक्ष लिङ्देनले भने ।
उनले जनताले कृषिका लागि बीउ, मल पाउन नसकेको र विकास निर्माणको काम पनि सुस्त रहेको भन्दै यी सबै समस्याको समाधान गर्न आफूहरु प्रतिनिधिसभामा आएको उल्लेख गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया